भारत र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै

नेपालखोज २०८० कार्तिक २६ गते १०:४५

काठमाडौं । आईसिसी एकदिवसीय विश्वकपमा आज (आइतबार) आयोजक भारत र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेंगलुरूको चेन्नई स्वामी मैदानमा दिउसो सवाँ २ बजे सुरू हुनेछ ।

विश्वकपको यो ४५औं खेल हो । यससँगै समूह चरणमा सम्पूर्ण खेल पूरा हुनेछन् । आयोजक भारत लगातार आठ खेल जित्दै सेमिफाइलनमा स्थान बनाइसकेको छ । भारत पहिलो पटक लगातार नवौं खेल जित्ने योजनामा छ । भारतले आठ खेलबाट १६ अंकसहित शीर्षस्थानमा छ ।

नेदरल्यान्ड्सको भने उपाधि सम्भावना समाप्त भइसकेको छ । अब, नेदरल्यान्ड्सको एउटै लक्ष्य सन् २०२५ मा आयोजना हुने च्याम्पियन्स ट्रफीमा रहेको छ । नेदरल्यान्ड्स आठ मध्ये २ खेलमा जित निकाल्दै चार अंक जोडेको छ ।

प्रतिक्रिया