बिहीबार, जेठ २, २०८२

पटका बेच्ने र पड्काउनेलाई के हुन्छ कारवाही ?

नेपालखोज २०८० कार्तिक २७ गते ११:५१
photo – hindustantimes

काठमाडाैं । तिहारमा पटका पड्काउने चलनजस्तै बनिसकेको छ । तर धेरै थाहा नहुन सक्छ पटका पट्काउँदा हामी कस्तो सजाय भोग्नु पर्छ भनेर । पटका पड्काउने वा बिक्री वितरण गरेको पाइएमा प्रहरीले पक्राउ गरी कारवाही गर्ने गरेकाे छ ।

नेपाल प्रहरीकाअनुसार कडा विस्फोटक पदार्थ भेटिए १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ । नरम विस्फोटक पदार्थ भेटिए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुन्छ भने सामान्य प्रकारको विस्फोटक पदार्थ भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

यसैगरी विस्फोटक पदार्थ उत्पादन वा निर्माण गर्ने र कारोबार गर्नेलाई दुई वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया