हङकङ र नेपाल प्रतिस्पर्धा गर्दै

नेपालखोज २०८० कार्तिक ३० गते ७:२७

काठमाडौं । चारदेशीय महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत आज आयोजक हङकङ र नेपाल प्रतिस्पर्धा गर्दै छन् । खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ । 

यसअघि हिजो भएको खेलमा नेपाल तान्जानियासँग पराजित भएको थियो । नेपाल २७ रनले तान्जानियासँग पराजित भएको थियो । 

नेपालले मंसिर २ गते जापानको सामना गर्नेछ । श्रृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछन् ।  
शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् । पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया