ऊर्जाको सङ्कटमा परेको फिलिपिन्समा अमेरिकाले आणविक लगानीको बाटो खोल्यो

सान फ्रान्सिस्को । आफ्नो विद्युत आपूर्तिलाई विस्तार गर्न खोजिरहेको फिलिपिन्समा लगानीको बाटो स्पष्ट गर्दै अमेरिकाले बिहीबार फिलिपिन्ससँग आणविक सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।
फिलिपिन्सका राष्ट्रपति फर्डिन्यान्ड मार्कोसको उपस्थितिमा उनका रक्षामन्त्रीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग उक्त सम्झौतामा हस्ताक्षर गरे । एक वर्षभन्दा बढी समयदेखि सत्तामा रहेका मार्कोस अमेरिकाको घनिष्ठ सहयोगी बनेका छन् ।
‘हामीले सन् २०३२ सम्म आणविक ऊर्जा फिलिपिनी ऊर्जा मिश्रणको एउटा हिस्सा बन्ने देखेका छौँ र हामी आफ्नो साझेदारहरूमध्येको एक अमेरिकासँग उक्त मार्गमा अगाडि बढ्न पाएकामा अत्यन्त खुशी छौँ’, मार्कोसले भने, ‘आणविक ऊर्जा एउटा यस्तो क्षेत्र हो जसमा हामीले फिलिपिन्स–अमेरिका गठबन्धन र साझेदारी वास्तवमै हाम्रा जनता, अर्थतन्त्र र पर्यावरणका लागि काम गरेको देखाउन सक्छौँ ।’
उनका अनुसार उ्नले बढ्दो ऊर्जा माग पूरा गर्न सम्पूर्ण देशका लागि किफायती, भरपर्दो र दिगो ऊर्जा आपूर्ति निर्माण गर्न पहिले गरेको वाचा पूरा गर्दै छन् ।
फिलिपिन्सले आफ्नो जलवायु लक्ष्यको हिस्साका रूपमा आणविकलगायत ऊर्जा समावेश नभएको नवीकरणीय ऊर्जामार्फत सन् २०३० सम्ममा विद्युत् उत्पादनलाई ३५ प्रतिशत र सन् २०४० सम्ममा ५० प्रतिशत बनाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया