छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

नेपालखोज २०८० मंसिर १ गते १९:३१

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली चोकमा ना.७ ख ४७७४ नम्बरको तेल बोक्ने ट्याङकरले बा.७३ प २१६० नम्बरको मोटरसाइकलाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक चौतारा साँगागढीचोक नगरपालिका–४ ठुलो सिरुवारी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ४१ वर्षीय हरिशरण पुरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूकुम पूर्वको सिस्ने गाउँपालिका–६ छिप्रिदह बजारमा रा.५ ख ६६४८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया सुभानी गौतमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि ग्यालेक्सी अस्पताल पोखरा रिफर गरिएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–१ खैरी चोकमा हाल नम्बर नखुलेको एम्बुलेन्सले लु.६० प ३५०५ नम्बर र युके ०७ डिजेड ६००८ नम्बरको दुई वटा मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार शिवराज नगरपालिका–९ बस्ने ३० वर्षीय प्रवेश रोका मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवारमध्ये ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जना संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार पश्चात डिस्चार्ज भएका छन् । दुर्घटनामा शंकास्पद रा.१ ज १६३ नम्बरको एम्बुलेन्सलाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया