शनिबार, मंसिर १६, २०८०

जलेर एक मृत्यु विभिन्न धनमाल नष्ट

नेपालखोज २०८० मंसिर १ गते २०:०८

पर्वत । कुश्मा नगरपालिका–१० समादी बस्ने ६९ वर्षीय लाल बहादुर नेपालीको आगोले जलेर शुक्रबार मृत्यु भएको छ ।

आफ्नै भान्सा कोठामा अगेनाको छेउमा रहेको खाटमा सुतेका उनी खाटबाट खसेर अगेनामा परी जलेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ

सुनसरी । कोशी गाउँपालिका–२ बस्ने राम किसुन मण्डलको घरमा बिहीबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर करिब ९ लाख ३५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

साथै उक्त आगो फैलिएर नजिकै रहेको अधिकलाल मण्डलको घरमा समेत आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया