छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

नेपालखोज २०८० मंसिर २ गते १६:५२

काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–१ कुपण्डोलमा बा.८८ प ८०६२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री काठमाडौं डल्लु घर भएकी ५५ वर्षीया अग्नि जोशीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ बाबुचोकस्थित सडकमा ठुलोदमारबाट हटियातर्फ जाँदै गरेको ना.२५ प ८३५६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४३ वर्षीया गोपिनी बिकको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीको गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित सडकमा धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको मधेश प्रदेश ०३ ०१ ख ९६५६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री डोटी शिखर गाउँपालिका–२ बस्ने ६० वर्षीया भगवती रोस्यारा(कट्टी)को शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको सेती प्राथमिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दोलखाको तामाकोशी गाउँपालिका–१ सिस्नेरीस्थित सडकमा बा.०१००३प ९३५९ नम्बरको ट्रक र बा.२९ प ११६२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक तामाकोशी गाउँपालिका–१ भिरकोट बस्ने २२ वर्षीय शुसिल माझीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाफ चरिकोट अस्पताल हुँदै थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौं पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–३ घोडेधारस्थित सडकमा से.१ ज ६०३ नम्बर जिप शनिबार बिहान दुर्घटना हुँदा जिपमा सवार दोगडाकेदार गाउँपालिका–८ कटौजपानी बस्ने ३५ वर्षीय अम्मर बिष्टको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया