विभिन्न धनमाल चोरी

नेपालखोज २०८० मंसिर २ गते १७:३५

काठमाडौं । दक्षिणकाली नगरपालिका–८ छैमले चोभु बस्ने मधुसुदन अधिकारीको घरमा कोही नभएको अवस्थामा ताल्चा फोडेर ल्यापटप १ थान, सुनको सिक्री १ थान लगायतका सरसामान गरी करिब १ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया