आइतबार, जेठ ६, २०८१

मुगुको लोकप्रिय माविमा सामुदायिक पुस्तकालय स्थापना

नेपालखोज २०८० मंसिर ४ गते १५:४१

काठमाडौं । मुगुको खत्याड गाउँपालिकास्थित लोकप्रिय माध्यामिक विद्यालयमा मष्टा सामुदायिक पुस्तकालय स्थापना भएको छ ।

मधुवन प्रकाशन, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, सावलाबुङ पुस्तकालय अभियानलगायत विभिन्न सङ्घसंस्था र दाताको सहयोगमा जिल्लामै पहिलो पटक स्थापित सो पुस्तकालयको सांसद ऐनबहादुर शाहीले आइतबार शुभारम्भ गरे । पुस्तकालय स्थापनार्थ मुगुस्थित मष्टा समाजसेवी युवा क्लबले विशेष अभियान सञ्चालन गरेको थियो ।

हालसम्म सो पुस्तकालयमा विभिन्न विधाका लगभग दुई हजार ४०० पुस्तक सङ्कलन भइसकेको जनाइएको छ । विसं २०१६ मा स्थापित सो विद्यालयमा हाल करिब नौ सय विद्यार्थी अध्ययनरत छन् ।

सो अवसरमा सांसद शाहीले पुस्तकालयको आफ्नै भवन निर्माण र पुस्तकालयका लागि आवश्यक थप पुस्तक व्यवस्था गर्न आफूले सहयोग गर्ने जानकारी दिए ।

प्रतिक्रिया