मृत अवस्थामा फेला

नेपालखोज २०८० मंसिर ४ गते १६:५६

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्ने ४८ वर्षीय राजेन्द्र संग्रौला आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको कचनकवल गाउँपालिका–३ दुर्गाभिट्टास्थित खाली खेतमा सोही गाउँपालिका–७ बस्ने ४१ वर्षीय हरि तामाङको घाँटीमा काटिएको अवस्थामा सोमबार मृत फेला परेका छन् । घटनास्थलमा खुकुरी १ थान, टर्च लाइट १ थान, मोबाइल सेट १ थान, जुत्ता १ जोर, जाकेट १ थान समेत फेला परेको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ शान्ती बजारस्थित थ्री बि हब सवस्टेसनमा काम गर्ने कन्चनपुर लालझारी गाउँपालिका–३ घर भएका ५२ वर्षीय बुद्धी राना आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

स्याङजाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजारमा ज्याल मजदुरी काम गरी बस्ने रुपन्देही बुटवल उपमहानगरपालिका–१३ घर भएका ४५ वर्षीय राम वहादुर विक अर्जुनचौपारी गाउँपलिका–१ स्थित ग्रिल उद्योगमा सोमबार मृत अवस्थामा फेला परेका छन् । रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ मैनहियास्थित बाटोको छेउमा सोही गाउँपालिका–२ गोपालपुर बस्ने ३० वर्षीय तुमाकान्त चापागाई सोमबार मृत अवस्थामा फेला परेका छन् ।

बागलुङको काठेखोला गाउँपालिका–५ लामखुम बस्ने ७० वर्षीय रण बहादुर केसी आफ्नै घरदेखि करिब १ किलोमिटर टाढा होटलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ आँखु खोलामा सोही गाउँपालिका–१ पाकुलाडिल बस्ने ६८ वर्षीया जुना विक सोमबार मृत अवस्थामा फेला परेकी छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मुस्याडीस्थित कर्णाली नदीको किनारमा सडी गली पहिचान खुल्न नसकेको शव सोमबार फेला परेको छ । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया