मंगलबार, पुष १, २०८२

थप चिनियाँ लगानी प्रोत्साहित गर्ने विक्रमासिङ्घेको भनाइ

नेपालखोज २०८० मंसिर ५ गते ९:०७

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे र श्रीलङ्का भ्रमणमा रहेका चिनियाँ राज्य परिषद् सल्लाहाकार शेन यिकिनबीच सोमबार चिनियाँ उद्यमहरूलाई देशमा लगानी गर्न प्रोत्साहित गर्ने सहमति भएको छ ।

राष्ट्रपति विक्रमासिङ्घेले श्रीलङ्कालाई दीर्घकालीन बहुमूल्य सहयोगका लागि चीनलाई धन्यवाद दिँदै श्रीलङ्काले संयुक्त बेल्ट एण्ड रोड निर्माणलाई दृढतापूर्वक समर्थन गर्ने र पोर्ट सिटी कोलम्बो र हम्बनटोटा अन्तर्राष्ट्रिय बन्दरगाहको निर्माणलाई बढावा दिन चिनियाँ उद्यमहरूलाई देशमा लगानी गर्न प्रोत्साहित गर्ने बताएका छन् ।

श्रीलङ्का एक चीन नीति कडाइका साथ पालना गर्दछ र श्रीलङ्काको सामाजिक–आर्थिक विकासलाई बढावा दिन चीनसँग मैत्रीपूर्ण आदानप्रदान र सहयोगलाई प्रगाढ बनाउन चाहन्छ । चीनले श्रीलङ्कासँगको सम्बन्धलाई निकै महत्व दिएको र दुई देशका नेताबीच भएको सहमतिलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न श्रीलङ्काली पक्षसँग मिलेर काम गर्न इच्छुक रहेको शेनले बताए ।

दुवै पक्षले आ–आफ्नो मुख्य चासोका विषयमा एकअर्कालाई सहयोग गर्नुपर्ने, उच्च गुणस्तरको बेल्ट एण्ड रोड निर्माणलाई संयुक्त रूपमा प्रवद्र्धन गर्नुपर्ने र चीन–श्रीलङ्का रणनीतिक सहयोगात्मक साझेदारीलाई पारस्परिक सहयोग र चिरस्थायी मित्रतामा आधारित नयाँ प्रगतिका लागि अघि बढाउन मिलेर काम गर्नुपर्ने उनले बताए । शेनले सोमबार श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्धने र संसदका सभामुख महिन्दा यापा अबेवर्दनासँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया