सुनसहित ३ जना पक्राउ
नेपालखोज
२०८० मंसिर ५ गते ११:०८

काठमाडौं । रसुवागढी नाकाबाट १३ लाखभन्दा बढी मूल्य बराबरका औंठीसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ गोङ्गाङ बस्ने २९ वर्षिय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वर्षिय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका-३ बि्रदीम बस्ने २३ वर्षिय ङ्वाङ लोप्साङ तामाङ छन् ।
चीनबाट नेपाल आइरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार साँझ पक्राउ गरेको थियो ।
उनीहरुको साथबाट एक/एक थान बेरुवा औंठी बरामद भएको प्रहरीले जनाएको छ । ती औंठीको तौल १२ तोला रहेको र मूल्य १३ लाख ८८ हजार ४०० रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ ।
सम्बन्धित

प्रतिक्रिया