करेन्ट लागेर दुई जनाको मृत्यु
नेपालखोज
२०८० मंसिर ५ गते १४:५९

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित पृथ्वीराजमार्गको सडकको खाल्टोमा जमेको पानी मोटरले फाल्ने क्रममा तार सर्ट भई करेन्ट लागेर सिरहा गोलबजार नगरपालिका–१ बस्ने ३६ वर्षीय निसिब माल सदाको सोमबार दिउँसो मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिप्लस अस्पतालमा पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
रौतहटको मौलापुर नगरपालिका–७ पिपरिया बस्ने २६ वर्षीय ओसी अख्तर खान पैठानको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
चापाकलमा विद्युतीय मोटरको स्विच थिच्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया