सोमबार, वैशाख ३१, २०८१

नेप्सेमा झण्डै २४ अंकले गिरावट

नेपालखोज २०८० मंसिर ५ गते १५:४१

काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन झण्डै दुई अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने २३ दशमलव ८२ अंकले घटेर १८ सय २९ दशमलव ६५ अंकमा झरेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४८ अंकले घटेर तीन सय ५२ दशमलव शुन्य पाँच अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ८५ वटा कम्पनीहरुको ३७ हजार छ सय सात पटकको कारोबारमा ३६ लाख ७५ हजार एक सय एक कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ९५ करोड चार लाख ७९ हजार पाँच सय ८३ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य सात अंकले बढेर १७ दशमलव ४३ अंकमा पुगेको छ भने बाँकी समुहहरुको सुचक घटेर रातै देखिएका छन् ।

ति मध्ये वाणिज्य बैंक समुहको सुचक छ दशमलव २८ अंकले घटेर ११ सय ६९ दशमलव शुन्य चार अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक ३१ दशमलव ७४ अंकले घटेर तीन हजार पाँच सय ६० दशमलव ३९ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुुचक पनि २५ दशमलव २७ अंकले घटेर १५ सय ८४ दशमलव ५२ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि २७ दशमलव दशमलव शुन्य नौं अंकले घटेर १९ सय १५ दशमलव १४ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय १९ दशमलव ९६ अंकले घटेर नौं हजार छ सय ७४ दशमलव ४८ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ३४ दशमलव १९ अंकले घटेर नौं हजार चार सय ६६ दशमलव ५९ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय २९ दशमलव २६, शुन्य दशमलव ४१, एक सय ५२ दशमलव ६५, ९७ दशमलव १७, २४ दशमलव ४४ र २९ दशमलव ९७ अंकले घटेका छन् ।

नेप्सेमा आज मेन्छियाम हाईड्रोपावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव १३ प्रतिशतले बढेर दुई सय ३१ रुपैंयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा माथिल्लो मैलुङ खोल जलबिद्युत लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९४ प्रतिशतले घटेर दुई सय ३३ रुपैंयाँ ८० पैसा अन्तिम मुल्यमा प्र्रतिकित्ता सेयर कारोबार भएको छ ।

हिमालयन डिष्ट्रिलरी प्रालिको भने आज १६ सय २२ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा सात करोड ७८ लाख २९ हजार दुई सय ३८ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएको कारोबार मध्ये रकम कारोबारका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया