विश्वकप छनोट : नेपाल यमनसँग पराजित
नेपालखोज
२०८० मंसिर ५ गते २१:०८

काठमाडाैं । फिफा विश्वकपको दोस्रो चरणको छनोटमा नेपाल घरेलु मैदानमा यमनसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा एसियाको समूह एचको मंगलबार भएको खेलमा नेपाल यमनसँग २–० गोलले पराजित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीम सकिएको खेलको दोस्रो हाफमा नेपाल दुई गोल खाँदै पराजित भएको हो । नेपालले यसअघि भएको विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा यूएईसँग ४–० गोलले पराजित हुँदा यमन बहराइनसँग २–० गोलले पराजित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया