स्वीजरल्याण्डले दिने ६५ करोड अनुदान स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
नेपालखोज
२०८० मंसिर ७ गते १३:१८

काठमाडौं । सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने करिव ६५ करोड अनुदान स्वीकृत गर्न निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन्।
यस्तै, विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ।
सम्बन्धित

प्रतिक्रिया