मंगलबार, वैशाख १६, २०८२

नेपाल सुपर लिग : दुई खेल हुँदै

नेपालखोज २०८० मंसिर ९ गते ८:०६

काठमाडाैं । दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग एनएसएलमा आज दुईवटा खेल हुने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे र साँझ साढे ५ बजे गरी २ वटा खेल हुने भएका हुन् ।

दिउँसो १ बजे हुने खेलमा पोखरा थन्डर्स र एफसी चितवन आमने सामने हुने छन् । दुवै टिम विजयी सुरुआत गर्ने लक्ष्यमा हुने छन् । यसैगरी आजै साँझ साढे ५ बजे ललितपुर सिटी एफसी र वुटवल लुम्बिनी आमने सामने हुने छन् ।

यी दुवै टिमले पनि पहिलो जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्य लिएका छन् । यसअघि शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौं रेजर्सले स्र्पोटिङ इलामलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया