शुक्रबार, वैशाख २६, २०८२

सिकलेस हिजो र आज

सुनिल उलक २०८० मंसिर ९ गते १०:२०

समुन्द्री सतह देखि करिव १९८० मीटर उचाइमा रहेको मादी खोला माथि दक्षिण तर्फ फर्केर गुजुमुज्ज परेको ६०० घरहरु भन्दा बढि भएको गाउँ सिकलेसको गुरुङ नाम भने ‘चिली नासा’ हो ।

चिलीको अर्थ गौथली चरा हो भने नासाको अर्थ गाउँ हो । जसले गर्दा गौथली धेरै भएको गाउँ भएको हुँदा सो गाउँको नाम नै गुरुङ भाषामा चिली नासा रहन गएको थियो । तर यस गाउँको नाम सिकलेस रहनुको कारण कुनै बिदेशी सो गाउँ घुम्न जाँदा कोही पनि विरामी नभेटिए पछि उनले Sick Less भनेकै कारणले सो गाउँको नाम नै सिकलेस रहन गएको भन्ने गरिन्छ ।

गुरुङहरुका पूर्वजहरु क्होँला सोथारबाट १३‍औं शताव्दीमा जब बिस्तारै बिस्थापित हुन थाले, जो “चिली नासा”मा पुगेका थिए । यसैले यो गाउँ करिव ७०० वर्ष भन्दा पुरानो रहेको भन्ने गरिन्छ ।

धप्राङ्गथर, लामाथर, हर्पूथर, सभाथर, कोँइथर र गैरीथर गरि ६ टोलमा बिभाजित यो गाउँ पर्यटकीय रुपमा निकै प्रख्यात छ ।

प्रतिक्रिया