उर्लाबारी आगजनी घटना : थप एककाे मृत्यु, मृतकको संख्या चार पुग्यो
नेपालखोज
२०८० मंसिर ९ गते ११:३१

विराटनगर । मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मी पूजाको दिन भएको आगलागीको घटनामा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ ।
उर्लाबारी- ७ का ६८ वर्षीय रुकुमबहादुर कार्कीको काठमाडौँको कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
आगलागीमा उनको अनुहार, घाँटी, ढाड, दुवै हात र दुवै खुट्टासहित शरीरको ४० प्रतिशत भाग जलेको थियो। कार्कीको निधनसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको प्रहरीले जनाएको छ ।
गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी–७ इटहरा रोडमा स्थानीय दिपक कार्कीको सुन पसलमा आगलागी हुँदा निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए।
सम्बन्धित

प्रतिक्रिया