डाबर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख हस्तान्तरण
नेपालखोज
२०८० मंसिर ९ गते १३:५०

काठमाडौं । डाबर नेपालले भूकम्प पिडितको राहतको लािग प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ ।
डाबर नेपालले बिनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरुप्रति दुख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । डाबर नेपाल यस संकटको घडीमा भूकम्प प्रभावित जिल्लाका जनतासंग ऐक्यवद्धतामा उभिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई कम्पनीका अध्यक्ष श्रीमती इश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरुले चेक हस्तान्तरण गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया