आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

नेपालखोज २०८० मंसिर ९ गते १५:४४

सुनसरी । ईनरुवा नगरपालिका–१० बस्ने आविद मियाको पसलमा गएराति आगलागी हुँदा भाँडावर्तन, लत्ताकपडा, पसलमा रहेको सामान र को.७ प ४५०९ नम्बरको मोटरसाइकल पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैयुटार बस्ने कुमार श्रेष्ठको घरमा कोही नभएको अवस्थामा झ्यालको सिसा फोडेर सुन तथा चाँदीका विभिन्न गरगहना, ल्यापटप र मोबाइल समेत गरी करिब ७ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया