प्रथम कृषि वैज्ञानिक सम्मेलन सम्पन्न
नेपालखोज
२०८० मंसिर ९ गते १७:१०

चितवन । कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा सञ्चालन भएको पहिलो कृषि वैज्ञानिक सम्मेलन तथा स्नातक कार्यशाला आज सम्पन्न भएको छ ।
सम्मेलनको विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्राडा शङ्कर भण्डारीले एक समारोहबीच समापन गरेका हुन् । उनले कृषि क्षेत्रमा गरिएको अनुसन्धानले कृषकको समस्या समाधान गर्न सक्नुपर्ने बताए ।
विश्वविद्यालयका उपकुलपती प्राडा पुण्यप्रसाद रेग्मीले कृषि क्षेत्रमा भएको पहिलो प्रयास भएकाले यसलाई अझै परिस्कृत र परिमार्जित गर्दै लैजाने बताए । विश्वविद्यालयले हरेक वर्ष यस्ता सम्मेलन गर्ने उनले जानकारी दिए । अनुसन्धानलाई किसानसँग जोडेर काम गर्ने गरी कार्यक्रम गर्नुपर्ने उनको भनाइ थियो ।
तीन दिनसम्म चलेको सम्मेलनमा कृषि क्षेत्रको समस्या र समाधानका लागि गरिएका कार्यबारे समूहगत छलफल भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया