मंगलबार, वैशाख १६, २०८२

ललितपुरले बुटवल लुम्बिनीलाई हरायो

नेपालखोज २०८० मंसिर ९ गते १९:३५

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा ललितपुर सिटी एफसी विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई २-० ले पराजित गर्‍यो ।

ललितपुरले दुबै गोल पहिलो हाफमै गरेको थियो । २६ औं मिनेटमा दिनेश हेन्जनको गोलमा अग्रता लिएको ललितपुरका लागि अनन्त तामाङले ६ मिनेटपछि नै अर्को गोल थपे । त्यसपछि भने खेलमा कुनै गोल हुन सकेन र ललितपुरले ३ अंक जोड्यो ।

एनएसएल अन्तर्गत नै शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई १-० ले पराजित गरेको थियो ।

प्रतिक्रिया