शनिबार, वैशाख २२, २०८१

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकबारे चित्रकला प्रदर्शनी

नेपालखोज २०८० मंसिर १० गते १७:३९

काठमाडौं । दलित समुदायका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआईक्यू) को मुद्दालाई चित्रकलामार्फत जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘जात व्यवस्था र यौनिकता : कलामार्फत प्रतिरोध’ शीर्षकमा चित्रकला प्रदर्शनी हुने भएको छ ।

सामरी उत्थान सेवा र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा काठमाडौँमा एक साता लामो चित्रकला प्रदर्शनी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यही मङ्सिर १४ देखि २० गतेसम्म नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्रदर्शनी कक्षमा हुने उक्त प्रदर्शनीमा देशभरबाट दलित समुदायका एलजीबीटीआईक्यू कलाकारहरूसहित ३८ कलाकारहरूका चित्रकला प्रदर्शन हुनेछन् ।

प्रतिक्रिया