‘फिस्टेल रेसिङ कप’ को उपाधि अजयलाई
नेपालखोज
२०८० मंसिर १० गते २०:३८

कास्की । पोखरा रङ्गशालामा आज सम्पन्न ‘फिस्टेल रेसिङ कप २०२३’ को उपाधि अजयले तामाङले जितेका छन् ।
तामाङले ३८ जना प्रतियोगिहरूलाई पछि पार्दै उपाधिसहित एक लाख, ट्रफी पुरस्कार पाए । फिस्टेल रेसिङ कपअन्तर्गत यही मङ्सिर ८ गतेदेखि मोटरबाइक दौड प्रतिस्पर्धा आयोजना गरिएको हो ।
नेपाल रेसिङ स्पोर्टस एशोसिएशनको आयोजना तथा भिआर ४६ को समन्वयमा सञ्चालन भएको प्रतियोगितामा सुजन थापामगर द्वितीय हुँदै ७५ हजार पुरस्कार पाए । यसैगरी मोहमद फरहान तृतीय भएर २५ हजार पुरस्कार ट्रफी र प्रमाणपत्र पाए ।
महिलातर्फ पाँच वाइकर्स सहभागी भएकामा वर्षा बस्नेत च्याम्पियन हुँदै २० हजार पुरस्कार पाए । प्रतियोगिताका विजेता खेलाडी काठमाडौंका हुन् । नेपाल रेसिङ स्पोर्टस एसोसिएसनले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया