सुनको मूल्य अहिलेसम्मकै महँगो, चाँदीकाे पनि बढ्याे

नेपालखोज २०८० मंसिर ११ गते ११:३२

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको हाे ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख १७ हजार ४०० रुपैयाँ कायम भएको छ । साेमबार तेजाबी सुन तोलाको एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यो पनि हालसम्मै उच्च मूल्य हो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर हालसम्मकै उच्च कायम भएको छ । चाँदी तोलाको एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया