सोमबार, मंसिर २९, २०८२

मामाघर आएकी बालिकाको पोखरीमा डुबेर मृत्यु

नेपालखोज २०८० मंसिर ११ गते १५:१७

खोटाङ । बराहपोखरी गाउँपालिका–६ बस्ने बिरधन राईकी २ वर्ष ६ महिनाकी छोरी आरिमा राईको साकेला गाउँपालिका–२ रतन्छास्थित माछापोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

आमासँगै उक्त ठाउँस्थित मामाघर आएकोमा खेल्ने क्रममा पोखरीमा डुबेर अशक्त भएकी उनको उद्दार गरी साकेला आधारभूत अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

प्रतिक्रिया