विनियोजन विधेयकमाथि छलफल सुरु
नेपालखोज
२०८० मंसिर ११ गते १६:२७

विराटनगर । कोशी प्रदेश प्रदेशसभामा आजदेखि ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथि छलफल सुरु भएको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गर्नुभएको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत पारित भएपछि विधेयकमाथिको छलफल सुरु भएको थियो ।
बैठकमा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ९४(१)(ख) बमोजिम ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ संशोधनसहित दफाबार छलफलका लागि सुशासन तथा योजना समितिमा पठाइएको सभाध्यक्ष हाजी इसराइल मन्सुरीले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया