थाई पारा–एथलिट दुलाहाद्वारा विवाहको दिन दुलहीको हत्या

बैङ्कक । एक सम्मानित थाई पारा एथलिटले आफ्नो विवाहको रिसेप्सनमा आफ्नी दुलही र अन्य चार जनाको हत्या गर्नुअघि आफैँलाई बन्दुकले उडाएको प्रहरीले सोमबार बताएको छ ।
आसियान पारा खेलकुदको रजत पदक विजेता २९ वर्षीय चतुरोङ सुक्सुकले शनिबार उत्तरपूर्वी थाइल्यान्डमा भएको विवाहमा दुलही कञ्चना पचुन्थुक, उनकी आमा र बहिनीलाई गोली चलाएका थिए ।
पौडी खेलाडी उनले इन्डोनेसिया र कम्बोडियामा सन् २०२२ मा भएको आसियान पारा खेलकुद प्रतियोगितामा दुई रजत पदक जितेका थिए । उनी थाई सेनाका रेन्जर रहेको र सीमामा गस्ती गर्ने क्रममा उनले आफ्नो दाहिने खुट्टा गुमाएको स्थानीय मिडियाले बताएका छन् ।
कानूनी र अवैध दुवै तरिकाले सजिलै बन्दुक उपलब्ध हुने थाइल्यान्डमा बन्दुक हिंसा सामान्य छ । यद्यपि सामूहिक गोली हानाहान सामान्यतया दुर्लभ हुन्छन् । यो हमला गत महिना एक मलमा भएको हमलामा तीन व्यक्ति मारिएको घटनापछि भएको हो ।








प्रतिक्रिया