नेपाल सुपर लिग : आज काठमाडौं र चितवन भिड्दै
नेपालखोज
२०८० मंसिर १२ गते ७:५०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र काठमाडौं रेजर्सबीचको खेल हुँदै छ । खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । अघिल्लो संस्करणको विजेता काठमाडौं रेजर्सले पहिलो खेलमा स्पोर्टिङ इलामलाई १–० ले पराजित गरेको थियो । एफसी चितवन पहिलो खेल पोखरा थन्डर्ससँग पराजित भएको थियो ।
मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेलिरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया