शनिबार, जेठ ५, २०८१

रिसोर्टमा जुवातास खेल्दै गरेका रिसोर्ट संचालक समेत १६ जना पक्राउ

नेपालखोज २०८० मंसिर १२ गते १४:५६

कास्की । पोखरा महागनरपालिका–२१ निर्मलपोखरी मैदानस्थित ईलाईट रिसोर्टमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा रिसोर्टका संचालकसहित १६ जना गएराति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले रिसोर्टका संचालक पोखरा महानगरपालिका–३३ घर भएका ३८ वर्षीय सन्तोष गुरूङ समेत १६ जनालाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट नगद ५ लाख ५ हजार ६५ रूपैयाँ र १६ थान कौडा बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया