धनुषामा परालले छोपेको अवस्थामा भेटियो महिलाको शव
नेपालखोज
२०८० मंसिर १२ गते १५:०८
जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका- ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ ।
मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको छ । घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी शर्माले जानकारी दिए ।
दुई/तीन दिनअघि हत्या गरेर शव लुकाएको हुन सक्ने प्रहरीको आशंका छ ।
सम्बन्धित
प्रतिक्रिया