मंगलबार, पुष १, २०८२

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचार मुद्दामा सफाइ

नेपालखोज २०८० मंसिर १३ गते २०:१४

पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचार मुद्दामा सफाइपाकिस्तानको एक उच्च अदालतले गत महिना स्वनिर्वासनबाट फर्केका पटकसम्म पाकिस्तानको प्रधानमन्त्री भएका नवाज सरिफविरुद्ध लगाइएको भ्रष्टाचारको अभियोग बुधबार खारेज गरिदिएको छ ।

आगामी फेब्रुअरीमा हुने चुनावअघि आफ्नो नाम सफाइ दिने प्रयासमा भ्रष्टाचारको अभियोगमा दोषी ठहरिएका सरिफ अहिले जमानतमा छन् भने उनका मुख्य प्रतिद्वन्द्वी इमरान खान जेलमा छन् ।

‘मैले सबै मामिला अल्लाहमा छोडेको थिएँ र अल्लाहले आज मलाई सम्मान गर्नुभएको छ,’ सरिफले इस्लामाबाद उच्च अदालतबाहिर पत्रकारसँग भने ।

इस्लामाबाद उच्च अदालतका एक अधिकारीले एउटा मुद्दामा सफाइ पाएको पुष्टि गरेका छन् भने शरिफले स्टिल कम्पनीमा लगानी गरेको आरोपमा दोस्रो सजायका लागि अपिल गरेका छन्

सरिफलाई सन् २०१८ मा आफ्नो परिवारले लण्डनमा फ्ल्याट खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाइएको थियो ।

सन् २०१७ मा आफ्नो आम्दानीको केही अंश घोषणा गर्न नसकेको भन्दै उहाँलाई राजनीतिबाट आजीवन प्रतिबन्ध लगाइएको थियो ।

तीन पटक प्रधानमन्त्री भइसकेका तर कार्यकाल पूरा नगरेका सरिफले यो आरोप राजनीतिक प्रर्वाग्रहबाट प्रेरित भएको बताउँदै आएका छन् ।

पाकिस्तानको सैन्य प्रतिष्ठानसँग उहाँको सम्बन्धमा वृद्धि भएसँगै उहाँको राजनीतिक भाग्य पुनः उदय भएको छ पाकिस्तानको सैन्य प्रतिष्ठानले पाकिस्तानको इतिहासको आधाभन्दा बढी समय प्रत्यक्ष रूपमा शासन गरेको र असीम शक्तिको आनन्द लिइरहेको छ ।

राजनीतिक विश्लेषक हसन अस्करीले भने, ‘अब सबै कुरा नवाज सरिफको पक्षमा अघि बढिरहेको छ ।’

‘यो शक्तिशाली व्यक्तित्व र संस्थाहरूद्वारा सञ्चालित राजनीतिक खेल जस्तो देखिन्छ’, उनले एएफपीसँग भने, ‘खानको सेनासँगको शानदार सम्बन्ध विच्छेद हुनु सरिफको भाग्य परिवर्तनको अवसर बनेको छ ।’

क्रिकेटका प्रसिद्ध पूर्व खेलाडीसमेत रहेका खानलाई अर्को वर्ष हुने निर्वाचनमा प्रतिस्पर्धाबाट रोक्नको लागि योजना बनाइएको भनिने धेरै मुद्दामा जेल चलान गरिएको छ ।

नवाज सरिफका कान्छा भाइ शहबाज खानलाई सत्ताच्युत गर्दै विपक्षी दलहको गठबन्धनको नेतृत्व गरी पाकिस्तानको सत्तामा आउनुभएको थियो ।

त्यो सरकारले कानुनमा परिवर्तन गर्दै सांसदहरूलाई चुनाव लड्न अयोग्य ठहरिने प्रावधानलाई पाँच वर्षसम्म सीमित ग¥यो र सरीफको पुन: आगमनका लागि मार्ग प्रशस्त ग¥यो । रासस/एएफपी)

प्रतिक्रिया