एमालेकाे ‘मध्यपहाडी लोकमार्ग अभियान’ आजबाट
नेपालखोज
२०८० मंसिर १४ गते ६:४७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजबाट ‘मध्यपहाडी लोकमार्ग अभियान’ चलाउँदै छ । तीन साता लामो मध्यपहाडी लोकमार्ग अभियानको सुरुवात आजबाट गर्दै छ ।
बिहान ८ः३० बजे झुलाघाटबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्ने एमालेले जनाएको छ । एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राको अध्यक्ष ओलीले झुलाघाटमा झण्डोत्तलन गरेपछि अभियानको सुरुवात हुनेछ ।
पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ । दोस्रो दिनको सभा सिलगढी, तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ ।
अभियान पाँचथरको चिवाभज्याङमा समापन हुनेछ । एमाले पुस २ गते काठमाडौं फर्कनेछ भने पुस ५ गते यात्रा सकिएको घोषणा गर्ने तयारी गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया