नेपाल सुपर लिग : धनगढी एफसीकाे लगातार दोस्रो जित
नेपालखोज
२०८० मंसिर १४ गते २०:००

काठमाडौं । धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा लगातार दोस्रो जित निकालेको छ । आफिजले इन्जुरी समयमा निर्णायक गोल गरेपछि धनगढीले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० को जित निकालेको हो ।
जितसँगै दुई खेलबाट ६ अंक जोडेको धनगढी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो हार बेहोरेको बुटवल लुम्बिनी भने तालिकाको पुछारमा छ ।
सम्बन्धित
प्रतिक्रिया