आइतबार, असार १५, २०८२

नक्कली भुटानी शरणार्थी प्रकरण : आज आदेश आउने सम्भावना

नेपालखोज २०८० मंसिर १५ गते ६:४४

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज उच्च अदालत पाटनबाट आदेश आउने जनाइएकाे छ । काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएकाले आज आदेश आउने सम्भावना रहेको जनाइएकाे हाे ।

बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेको छ र शुक्रबार आदेश सुनाउने उच्च अदालतका एक अधिकारीले जानकारी दिए । उक्त पुनरावेदन निवेदनमाथि सुनुवाइ सकेको उच्च अदालतले बिहीबार उनीहरु थुनामा नै रहने, धरौटीमा छुट्ने वा साधारण तारेखमा छुट्ने आदेश गर्न सक्ने छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, इन्द्रजित राई, तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका थिए ।

प्रतिक्रिया