मंगलबार, वैशाख १६, २०८२

लिग टुको पहिलो सिरिज नेपालमा हुने, नेपालले नेदरल्यान्ड्स र नामिबियासँग खेल्ने

नेपालखोज २०८० मंसिर १५ गते १७:२२

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टुको पहिलो सिरिज आगामी फाुगन ५ गतेबाट नेपालमा हुने भएको छ ।

नेदरल्यान्ड्सले २०१९ देखी २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको थियो । तर सुपर लिगबाट नेदरल्यान्ड्सलाई लिग २ मा झारेको हो ।

२०२७ सम्म चल्ने लिग–२ मा नेपाल, युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा छन् । त्रिकोणात्मक सिरिजको रुपमा खेल्नेछन् । नेपालले सबै देशसँग भ्रमण गर्नेछ ।

लिग–२ को ढाँचा, ओडिआई मान्यता निरन्तरता, विश्वकप छनोटमा सोझै कति टोली पुग्ने आइसिसीले कुनै जानकारी दिएको छैन। आइसिसीले २०२७ को विश्वकप रोडम्याप सार्वजनिक गर्दा यी सबै खुलाउनेछ ।

२०२७ को विश्वकप देखी १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । २०२७ को विश्वकप दक्षिण अफ्रिका, नामिबिया र जिम्बावेले आयोजना गर्नेछन् । २०२७ को विश्वकप ढाँचामा लिग-२ का खेलहरु पनि निर्भर हुनेछन् ।

यसअघि २०१९ देखी २०२३ सम्म चलेको लिग २ मा नेपालले तेस्रो स्थानमा रहँदै जिम्बावेमा विश्वकप छनोट खेलेको थियो । यसअघिको लिग २ मा शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाएका थिए । यो लिग-२ पनि २०२७ को विश्वकप छनोटको चरण हो ।

प्रतिक्रिया