सडक दुर्घटनामा ओडिशामा ८ जनाको मृत्यु
नेपालखोज
२०८० मंसिर १५ गते १८:४२

भारत । भारतको पूर्वी राज्य ओडिशामा शुक्रबार भएको सडक दुर्घटनामा एकजना बालक र तीन महिलासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् ।
मृतकमध्ये सात जनाको तत्कालै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।
पीडितहरू दुई परिवारका सदस्य थिए र विवाह समारोहबाट फर्किरहेका थिए । राष्ट्रिय राजमार्ग नं २० मा बलिजोडी गाउँ नजिकै उनीहरूको कार रोकिराखेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । रासस/सिन्ह्वा
सम्बन्धित








प्रतिक्रिया