नेपाल सुपर लिग : चितवनले पहिलो जित निकाल्दा वीरगञ्ज स्तब्ध
नेपालखोज
२०८० मंसिर १५ गते १९:५९

काठमाडाैं । चितवन एफसीले जारी नेपाल सुपर लिगमा पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा चितवनले नवप्रवेशी वीरगञ्ज युनाइटेडलाई २–१ गोलले पराजित गरेको हो ।
चितवनलाई जित दिलाउन बिमल घर्तिमगर र टोरिक जेब्रिनले एक/एक गोल गर्दा वीरगञ्जका लागि एइकिन्स केई बाफौरले एक गोल फर्काएका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल पहिलो हाफमा एक गोलको अग्रता बनाएको चितवनले दोस्रो हाफमा एक गोल थप्दा एक गोल खान पुग्यो । नवप्रवेशी वीरगञ्जले भने लगातार दोस्रो खेल हारेको छ । वीरगञ्ज यसअघि धनगढी एफसीसँग पराजित भएको थियो ।
जितसँगै चितवन तीन खेलबाट ४ अंक जेड्दै तालिकाको पाँचौ स्थानमा उक्लेको छ । दुई खेलमा जित निकाल्दै धनगढी शीर्ष स्थानमा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया