काठमाडौं महानगरले करारमा माग्यो २३० कर्मचारी
नेपालखोज
२०८० मंसिर १६ गते ११:०१

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा २३० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ।
महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि तथ्यांक संकलन गर्न २१ जना सुपरिवेक्षक र २०९ जना गणकका लागि आवेदन आह्वान गरेको हो ।
महानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा लेखिएअनुसार सुपरिवेक्षकलाई मासिक ३४ हजार ७३० रुपैयाँ र गणकलाई ३२ हजार ९०२ रुपैयाँ दिइने छ । अनलाइन प्रतिवेदनका लागि इन्टरनेटमावाफ्त मासिक २ हजार रुपैयाँ महानगरपालिकाले उपलब्ध गराउने छ ।
सुपरिवेक्षक र गणक दुवै पदका कर्मचारीले बढीमा ५ महिना करार सेवामा काम गर्नुपर्ने सूचनामा लेखिएको छ ।
उनीहरुले ट्याब्लेटमार्फत् तथ्यांक संकलन गर्नुपर्ने छ । इच्छुक व्यक्तिले अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् । दरखास्त दिँदै शुल्क नलाग्ने महानगरपालिकाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया