मंगलबार, वैशाख १६, २०८२

एनएसएल : अन्तिम समयमा गोल गर्दै झापाले टार्‍यो हार

नेपालखोज २०८० मंसिर १६ गते १६:२४

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसीले पोखरा थन्डर्ससँगको हार टारेको छ ।

शनिबार दशरथ रंगशालामा भएको खेलमा झापाले अन्तिम समयमा गोल फर्काएर हार टारेको हो । खेलमा पोखराले १९ औं मिनेटमा मोसेस ग्याबहको गोलमा अग्रता लिएको थियो ।

जोय एइडुले डी बक्सभन्दा धेरै बाहिरबाट दिएको पास मोसेले १२ यार्डबाट हेडमार्फत प्रहार गरेका थिए जसलाई झापाका गोलकिपर स्टेफनले रोक्न सकेनन् । तर खेलको ९० मिनेटपछि थपिएको ८ मिनेटको अन्तिम समयमा झापाका समादर ओचिलोभले गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

शनिबारको खेल बराबरीपछि झापाले एनएसएलमा एक अंक जोडेको छ । पहिलो खेल जितेको पोखराले भने ४ अंक बनाएको छ ।

प्रतिक्रिया