शुक्रबार, वैशाख २६, २०८२

नेपाल र नेपालीलाई समृद्ध बनाउने एमालेको ध्येय रहेको ओलीको दाबी

नेपालखोज २०८० मंसिर १७ गते ८:०६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको टिप्पणी गरेका छन् ।

एमालेको महाकाली–मेची अभियानअन्तर्गत शनिवार अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको टिप्पणी गरेका हुन् । । उनले एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको दाबी गरे ।

सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरिरहेको आरोप लगाउदै ओलीले अहिलेको अवस्थालाई परिवर्तन गर्न र देश विकास गर्न एमाले चाहिने उल्लेख गरे । देशलाई अघि बढाउने नेतृत्व एमाले बाहेक अरु राजनीतिक दलहरुले गर्न नसक्ने उनको दाबी छ ।

नेकपा एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको भन्दै अध्यक्ष ओलीले समृद्ध नेपाल बनाउन सिंगै देशको विकास हुनुपर्ने बताए ।

प्रतिक्रिया