मकवानपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

मकवानपुर । मकवानपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार साँझ काठमाडौंबाट मकवानपुरको चखेल तर्फ आउँदै गरेको बा२ख ७२७२ नम्बरको बसले ठक्कर दिएको थियो । मृत्यु हुनेमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ कुवा बस्ने ७० वर्षकी कान्छीमाया घलान रहेको मकवानपुर प्रहरीले जनाएको छ । उनी सोही बसमा यात्रा गरि आएकी थिइन् ।
बसबाट झर्ने क्रममा बस एक्कासि अगाडी बढ्दा घलानलाई ठक्कर दिएर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।
बसको ठक्करबाट लडेकी घलानको शरीरको विभिन्न भागमा चोट लागेको र उनलाई तत्काल उपचारको लागी काठमाडौं स्थित बि एन्ड बि अस्पताल पुर्याइएकोमा उपचारको क्रममा राति चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने बस र बसका चालक मकवानपुरको चखेल बस्ने २६ वर्षीय राजकुमार दोङ प्रहरीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शाहले बताए ।
प्रतिक्रिया