बुधबार, फागुन ९, २०८०

श्रीलङ्कामा दैनिक ९३८ मेट्रिक टन प्लास्टिकजन्य फोहोर उत्पादन

नेपालखोज २०८० मंसिर १७ गते १४:३५

कोलम्बो । श्रीलङ्कामा दैनिक ९३८ मेट्रिक टन प्लाष्टिकजन्य फोहोर उत्पादन हुने गरेको छ । तीमध्ये ४ प्रतिशत मात्रै पुन: प्रयोगमा ल्याउँन मिल्ने खालको हुने गरेको पाइएको संसदको सञ्चार विभागले शनिबार संसदीय समितिलाई उद्धृत गर्दै जनाएको छ ।

वातावरण, प्राकृतिक स्रोत तथा दिगो विकास सम्बन्धी क्षेत्रीय अनुगमन समितिले ती उत्पादित फोहोरमध्ये ३२ प्रतिशत मात्रै फोहोर सङ्कलन भएको खुलासा गरेको छ । समितिले उद्योगीहरूलाई विनानिगरानी सहज रूपमा प्लास्टिक आयात गर्न अनुमति दिनाले पनि समस्या बढ्दै गएको बताएको छ ।

श्रीलङ्काले वार्षिक ४ लाख मेट्रिक टन प्लास्टिक कच्चा पदार्थ र २० हजार मेट्रिक टन फोहोरजन्य प्लास्टिक आयात गर्ने गरेको पनि सञ्चार विभागले जनाएको छ । सो समितिले वातावरणीय अधिकारीहरूलाई प्लास्टिक सङ्कलनका लागि दिइने प्रोत्साहन कार्यक्रम बढाउन निर्देशन समेत दिएको छ ।

श्रीलङ्कामा पिँल्लो समय प्लास्टिकजन्य फोहोर गम्भीर समस्याको रूपमा देखा परेको छ । समस्या विकराल बन्दै गएपछि सरकारले पुनः प्रोगमा ल्यान नमिल्ने खालका प्लास्टिकको जथाभावी प्रयोगमा प्रतिबन्ध लगाएको छ । /rss

प्रतिक्रिया