मंगलबार, जेठ १, २०८१

अमेरिकीमा २ सांसदले गरे भारतीय प्रधानमन्त्री मोदीको सम्बोधन बहिष्कार

नेपालखोज २०८० असार ८ गते ७:५८

एजेन्सी । अमेरिकाको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधनलाई २ सांसदले बहिष्कार गरेका छन् ।

अमेरिकी संसद्का संयुक्त सत्रमा प्रधानमन्त्री मोदीको सम्बोधन कार्यक्रमलाई मुस्लिम महिला सांसद इल्हान उमर र रशीदा तलीबले बहिष्कार गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा मोदीले अल्पसंख्यकमाथि दमन गरेको आरोप लगाउँदै दुवै सांसदले सम्बोधन बहिष्कार गर्न अपिल समेत गरेका थिए । दुवै अमेरिकी डेमोक्रेटिक पार्टीका सांसद हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री मोदी ३ दिने राजकीय भ्रमणमा अमेरिकामा रहेका छन् । यो प्रधानमन्त्री मोदीको पहिलो राजकीय यात्रा हो ।

प्रतिक्रिया