भैरहवा विमानस्थलमा अन्तरराष्ट्रिय उडानका लागि विशेष पहल गरिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तरराष्ट्रिय उडान गर्ने कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् ।
नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसँगसँग आज मन्त्रालयमा मन्त्री किरातीले सो विमानस्थलमा अन्तरराष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले प्रत्येक उडानको पाँच लाख प्रोत्साहनस्वरुप दिनेगरी सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।
उनले भने, ‘भैरहवा र पोखराबाट अन्तरराष्ट्रिय उडान जतिसक्दो छिटो गर्नेगरी हामी लागिरहेका छौँ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई प्रोत्साहनस्वरुप पाँच लाख प्रत्येक उडानको दिने तयारी गरिरहेका छौँ ।’
मन्त्री किरातीले नेपाल वायु सेवा निगमको जहाज भैरहवा पठाउन मन्त्रालय तयार रहेको बताए ।

प्रतिक्रिया