मंगलबार, वैशाख १६, २०८२

नेपाल सुपर लिगमा आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा हुँदै

नेपालखोज २०८० मंसिर १८ गते ७:१४

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

काठमाडौंले आज तेस्रो खेल खेल्दा झापा दोस्रो खेलका लागि मैदान उत्रिने छ । काठमाडौंले यसअघि पहिलो खेलमा इलामलाई पराजित गरेको थियो । चितवनसँग बराबरी खेलेको थियो ।

झापा आफ्नो पहिलो खेलमा इलामसँग पराजित भएको थियो । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

प्रतिक्रिया