शुक्रबार, वैशाख २६, २०८२

भारतीय वायुसेनाको विमान दुर्घटनाः दुईजना पाइलटको मृत्यु

नेपालखोज २०८० मंसिर १८ गते १२:१४

मेडक । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरुका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८:५५ बजे सो दुर्घटना भएको हो । पाइलटहरूमा एकजना प्रशिक्षक र अर्का क्याडेट हुन् ।

एसपी रोहिणीले दिएको जानकारी ‘यो डन्डिगुल ट्रेनिङ एयरक्राफ्ट हो । विमान भित्र दुई जना सवार थिए तिनमा एकजना ट्रेनर र अर्का प्रशिक्षार्थी थिए । विमानस्थलका कर्मचारी र क्लु टोली घटनास्थल पुगेका छन् । दमकलले आगो निभाइरहेको छ ।’ दुर्घटना बारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया