मंगलबार, वैशाख १६, २०८२

नेपाल सुपर लिग : ललितपुर र वीरगन्ज खेल्दै

नेपालखोज २०८० मंसिर १९ गते ६:३३

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा आज ललितपुर सिटी एफसी र वीरगन्ज युनाइटेड खेल्दै छ ।लिगमा हालसम्म वीरगन्ज जितविहीन छ । वीरगन्जले यसअघि दुई खेल खेले पनि दुवैमा हार बेहोरेको थियो । यता, अपराजित ललितपुर भने तीन खेलबाट पाँच अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुई टिमबीचको खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, एफसी बुटवल लुम्बिनी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

प्रतिक्रिया