एमालेको मध्यपहाडी यात्रा बिहीबार कास्की आइपुग्ने
नेपालखोज
२०८० मंसिर १९ गते १४:००

पोखरा । मध्यपहाडी लोकमार्ग यात्रामा रहेको नेकपा एमालेको टोली बिहीबार पोखरा आइपुग्ने भएको छ ।
अध्यक्ष केपी शर्मासहितको टोली मंसिर १४ गतेदेखि बैतडीबाट मध्यपहाडी लोकमार्गको यात्रामा छ ।
२१ गते दिउँसो ३ बजे पर्वत हुँदै उक्त टोली कास्की प्रवेश गर्ने नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार बिहीबार पर्वतको कुश्मामा सभा गरेर टोली कास्की आउनेछ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा गुरुङले भने, ‘नयाँ पुलमा त्यही दिन दिउँसो ३ बजे स्वागत गरेपछि २२ गते बिहान रुपा गाउँपालिकाबाट लमजुङतर्फ बिदाइ गरिनेछ ।’ ओलीले २१ गते हेम्जामा र तालचोकमा छोटो सम्बोधन गर्नेछन् ।
बिहीबार साँझ अध्यक्ष ओलीसहितको टोली पोखरामै बास बस्नेछ ।
सम्बन्धित
प्रतिक्रिया